नियम २२४
मूल्याड्ढन समिति
(१) खरिद ऐनको दफा ७१ बमोजिम मूल्याड्ढन सम्बन्धी कार्यका लागि देहाय बमोजिमको मूल्याड्ढन समिति गठन गर्नु पर्नेछ ः–
(क) अधिकार प्राप्त अधिकारी वा निजले तोकेको वरिष्ठ अधिकृत                  – अध्यक्ष
(ख) आर्थिक प्रशासन शाखा प्रमुख                                                                – सदस्य
(ग) विषयस“ग सम्बन्धित प्राविधिक विशेषज्ञ                                                    – सदस्य
(घ) कानून अधिकृत (सम्भव भएसम्म)                                                               – सदस्य
(ङ) खरिद इकाई प्रमुख वा सो कार्यगर्न तोकिएको कर्मचारी                       – सदस्य–सचिव
तर गाउ“ विकास समितिको हकमा अध्यक्षले तोकेको एक जना सदस्य स्थानीय तहमा रहेका सम्बन्धित सेवा केन्द्र, उपकेन्द्रका प्रतिनिधि र सचिव रहेको समितिले बोलपत्र मूल्याड्ढन गर्न सक्नेछ ।
(२) मूल्याड्ढन समिति गठन गर्दा प्रशासकीय काम गर्ने कर्मचारी समेत तोक्नु पर्नेछ ।
(३) मूल्याड्ढन समितिको गणपूरक संख्या दुई तिहाई हुनेछ । विषय विशेषज्ञ सहितको बहुमतको निर्णय समितिको निर्णय हुनेछ ।
(४) मूल्याड्ढन समितिमा आवश्यकता अनुसार विषय विज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।